घट्यो पिसिआर परीक्षण शुल्क
काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण शुल्क सरकारले घटाएको छ । यस अगाडि पिसिआर परीक्षणमा अधिकतम ५ हजार ५ सय रुपैयाँ मूल्य तोकिएकोमा अहिले घटाएर अधिकतम मूल्य ४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
पिसिआर परीक्षण गर्दा प्रयोग हुने किटको बजार मूल्य घटेकाले सरकारले परीक्षण शुल्क घटाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मूल्य आजैदेखि लागु हुनेछ । देशभर ४५ वटा प्रयोगशालाबाट कोरोनाको पिसिआर परीक्षण भइरहेकोक छ । ती मध्य ११ वटा प्रयोगशाला निजी छन् ।