पोखरामा ४ जना कोरोना संक्रमित थपिए
पोखरा , भदौ २। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थप ४ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक पोखरा महानगरपालिकाको वडा नं ६ मा २ जना २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको र अर्को एक वडामा गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । निर्देशनालयले संक्रमित रहेको एउटा वडा खुलाएको छैन ।
सबै संक्रमित व्यक्तिहरुलाई जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ५० पुगेको छ ।