क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने
लाईट न्यूज
जेष्ठ १४ २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मंगलबार राती निधन भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक्कासी बेहोस भएपछि रानाको मृत्यु भएको कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ । क्वारेन्टिन व्यवस्थापनमा जुटेका राना साँझपख घरमा पुगी नुहाइ खाना खाएर क्वारेन्टिन पुगेका थिए । नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको मृत्यु भएको छ । वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने हमालले बताए । मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी कोरोना परीक्षण गरिने बताइएको छ ।