थप ११४ जना कोरोना संक्रमित थपिए, कुल सङ्ख्या ८८६, निको हुने १८३
पोखरा, जेठ १४ गते । पीसीआर विधिबाट गरिएको पछिल्लो कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।
त्यसैगरी, थप २८ जना डिस्चार्ज भएका छन । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । आइसोलेसनमा अहिलेसम्म ६९९ विभिन्न अस्पतालमा छन् । मृतक सङ्ख्या चार छ । कुल ४६४ जना रेड जोनमा रहेका छन् ।