चट्याङबाट कसरी बच्ने ?

मुख्य समाचार विज्ञान तथा प्रविधि

हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ। केहि दिन अघि मात्र धादिङको थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।गाउँ नजिकै रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले जनाएको छ । तर केही सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ।
यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ
-चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।
-चट्याङ लागेका व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार दिने ज्ञान छ भने दिइहाल्नुपर्छ।
-धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।
-पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।
-अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।
-थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ। रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ।
-छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।
-एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *