कोरोनाभाइरसलाई भ्याक्सिनले मात्र रोक्न सक्नेः विश्व स्वास्थ्य संगठन
एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए । उनले भने, “हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ ।” चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।