यस्ता छन् २०२१ मा डब्लूएचओका २१ सुझाव

एजेन्सी, माघ ६ गते । गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव जीवनलाई उथलपुथल बनाएको छ । अधिकांश देशहरु यसबाट प्रभावित बनेका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्चमा यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । यस भाइरसकै कारण वर्ष सन् २०२० अशान्त रह्यो । हामी अहिले […]

पुरा पढ्नुहोस् ...

चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...

विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीहरु कोरोना सङ्क्रमित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही […]

पुरा पढ्नुहोस् ...

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाए कोरोना भ्याक्सिन डब्लुएचओले दियो बधाई

पोखरा, साउन ६ । डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोमा भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइ दिएको छ ।अझैपनि फैलिँदो संक्रमणबाट लड्नका लागि धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा.माइक रेयानले जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्नेक्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, यो सकारात्मक परिणाम हो । […]

पुरा पढ्नुहोस् ...

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन “डब्लूएचओ”ले नेपाललाई कोरोना भाइरस “कोभिड–१९”को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस् ...

डब्लूएचओ भन्छ,“कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ”

एजेन्सी । विश्व स्वास्थ्य संगठन “डब्लूएचओ”का प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसलाई भ्याक्सिनले मात्र रोक्न सक्नेः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस भाइरस के हो ? हामी कति चिन्तित हुनु पर्छ ?

विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएका छन्। यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या […]

पुरा पढ्नुहोस् ...