संसारमा अहिले नातिनातिनीभन्दा बाजेबजै धेरै

अन्तराष्ट्रीय खबर आर्थिक मुख्य समाचार

बीबीसी । इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको जनाइएको छ। अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको छ। यही प्रवृत्ति कायम रहने हो भने सन् २०५० सम्ममा यो अन्तर झन् बढ्दै जानेछ। त्यतिबेला भरखर जन्मेदेखि चार वर्ष उमेर समूहको एक व्यक्तिबराबार दुई जनाभन्दा बढी ६५ वर्ष माथिका व्यक्तिहरू हुनेछन्।
जनसङ्ख्याविद्‌हरूले दशकौँ देखि राख्दै आएको अभिलेखले एउटा प्रवृत्ति देखाउँछ सबैजसो मुलुकमा हाम्रो बाँच्ने उमेर लम्बिँदै गएको छ र आवश्यक सङ्ख्यामा बच्चा जन्माउन छोडेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *