अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियान मिडिया समिट सम्पन्न

नेपाल मुख्य समाचार

काठमाडौँ । विश्वभरी छरिएर रहेका नेपाली ख्रीष्टियान संचारकर्मी, साहित्यकार, लेखक तथा सर्जक अनि पत्रकारिताको क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको वृहत भेला चैत्र १ र २ गते काठमाडौँमा सम्पन्न भएको छ । नेपाली ख्रीष्टियान मिडियाकर्मीहरुलाई व्यवसायिकता तर्फ अझै उकास्ने उद्धेश्यले सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल, भुटान, भारत, हङकङ, अमेरिका, बेलायतबाट समेत साहित्यकार तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।


कार्यक्रममा उत्साहको निम्ति विभिन्न सन्देशहरु, संचारका रणनिति, साइबर क्राइम, इसाई संचार आचारसंहिता सम्बन्धी प्रस्तुति तथा जानकारी दिईएको थियो । त्यसैगरी मिडियाका भाषा, डिजिटल मिडिया, न्युज रिपोर्टिङ, टि.भी प्रस्तोता तथा कार्यक्रम उत्पादन, सोसल मिडिया, साहित्य, हामीले ध्यान पुर्याउनुुपर्ने मुद्धाहरु, स्थिर मिडिया सम्बन्धी मिडियामा व्यवसायिक व्यक्तित्वहरुको संयोजकत्व तथा प्रशिक्षणमा कार्यशाला, देश स्तरिय छलफल तथा भेला समेत भएको थियो । कार्यक्रममा सहजकर्ताको रुपमा भुवन देवकोटा, सुमित नेपाली, गिदोन लामिछाने, प्रकाश बिसुंखे, महिमा भट्टराई, प्रविन ताम्राकार, जोएल राई, मेहरमान सुुब्बा, सुुकदेव गिरी, दिनेश श्रेष्ठ, विश्वास थापा हुनुहुन्थ्यो भने विशेष सन्देश तथा उत्साह बि.पि खनाल, जोएल राई, डा.पावल सुब्बा, शेर ए.सीले दिनुभएको थियो ।


त्यसैगरी समिटमा इसाई जगतका बहुचर्चित गायक एड्रिन देवान, राजेश राई साथै साम्स अनप्लग्डले आफ्नो प्रस्तुति राख्दै सबैलाई हौसला दिएका थिए । पाष्टर.डा.मंगलमान महर्जनको प्रमुख आतिथ्यता तथा उत्साहको वचनसँगै सुरु भएको कार्यक्रममा पा.हनोक तामाङ, पा.वर्णवास श्रेष्ठ, सि.बी गहतराज, पा.चन्द्रमान नेपाली, पा.राजु सुन्दास, डा.छत्र सुब्बा पावल, विश्वदिप खड्का लगायत व्यक्तिहरुले शुभकामना दिनुभएको थियो त्यसैगरी कार्यक्रममा नेपालका वरिष्ठ पत्रकार ऋषि धमलाले समेत आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कुमारसिंह विष्टले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियान मिडिया समिट सम्बन्धी प्रस्तुति अब्राहम दियालीले गर्नुभएको थियो । कार्यक्रम निकै नै प्रभावकारी तथा व्यवहारिक भएको, नयाँ अनुभवहरु संगाल्न पाएको भनेर उपस्थित सहभागीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *