अगुईरोको ह्याट्रिकमा सिटीद्वारा आर्सनल पराजित

खेलकुद

एजेन्सी –इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । ११ औं मिनेटमा कोसिन्लीले बराबरी गोल फर्काएका थिए । ४४औं मिनेटमा अग्विरोले रहिम स्टर्लिङको पासमा अग्विराले गोल गर्दै सिटीललाई पहिलो हाफमा २–१ ले अघि बढाए ।६१औं मिनेटमा अग्विरोको ह्याट्रिक गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको २५ खेलबाट ३९ अंक पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । सिटीसँग पराजित आर्सनलको छैटौ स्थानमा झरेको छ । आर्सनलको ४७ अंक छ । प्रिमियर लिग अन्तरगत आइबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भयो । युनाइटेडको जितमा खेलको नवौ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टरको ४८ अंक रहेको छ । लेस्टर ३२ अंकसहित ११ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *