डोनल्ड ट्रम्पले पत्रमा के लेखे जुन पढेर किम जङअन दङ्ग परे

अन्तराष्ट्रीय खबर मुख्य समाचार

बिबिसी । उत्तर कोरियाका नेता किम जङ–अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई पठाएको चिठी पढेर निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । गत साता वाशिङ्टन पुगेर ट्रम्पलाई भेटेका उनका निकट सहयोगीको हातमा ट्रम्पले सो चिठी पठाएका थिए । चिठीमा भएका विषयवस्तुबारे प्रस्ट पारिएको छैन । तर उत्तर कोरियाली सरकारी समाचारसंस्था केसीएनएले यसबारे दिएको समाचारबाट त्यसको केही सङ्केत मिल्न सक्छ ।
“किम जङ–अनले राष्ट्रपति ट्रम्पको सकारात्मक सोचाइमा विश्वास भएको बताएका छन् । साथै संयमतापूर्वक र असल नियतका साथ पर्खँदै, अनि सँगसँगै दुई देशले हासिल गर्नुपर्ने लक्ष्यतर्फ अघि बढ्ने बताएका छन,” केसीएनएले उल्लेख गरेको छ । सो रिपोर्टमा किमले दोस्रो शिखर सम्मेलनका लागि प्रदर्शन गरेको अस्वाभाविक दृढता एवम् इच्छाशक्तिका निम्ति राष्ट्रपति ट्रम्पको उच्च प्रशंसा गरेको जनाइएको छ । किमका यी भनाइ उनले नयाँ वर्षको बेला गरेको सम्बोधनभन्दा निकै भिन्न छन् । त्यतिखेर उनले अमेरिकाले उनको देशविरुद्ध आर्थिक प्रतिबन्ध जारी राखेमा उत्तर कोरियाले अर्कै बाटो समात्न सक्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *