नदीपुर – फूलबारी जोड्ने पुल निमार्णको अन्तिम चरणमा वैशाखसम्म निमार्ण सकिने

मुख्य समाचार स्थानिय समाचार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुर र ११ फूलबारी जोड्ने पुलको निमार्ण अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखको पहिलो हप्तामा निमार्ण सक्ने निमार्ण कम्पनी हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरका संचालक ओम गौचनले जानकारी दिए । पुल निमार्णको ९५ प्रतिशत काम सकिएको उनको भनाई छ । ‘यही स्पिडमा काम अघि बढाउँन पायौं भने बैशाखसम्ममा निमार्ण पुरा हुन्छ,’ उनले भने ।
पुल निमार्णपछि स्थानीयलाई मात्र नभई मनिपाल अस्पताल पुग्ने बिरामीलाई पनि सास्ती खेप्नु नपर्ने उनको भनाई छ । अरु आयोजनाको काम भन्दा आफूँहरुले तिब्र गतिमा काम गरि रहेको उनले दाबी गरे । ‘अरु आयोजना भन्दा हाम्रो काम निकै तिब्र गतिमा अघि बढेको छ,’ उनले भने । १९ महिना अघि काम सुरु गरेको उनले सुनाए । सडक विभाग अन्तर्गतको पुल महाशाखाले निर्माण गरेको उक्त पुल ८० मिटर लम्वाई र ११ मिटर चौडाईको डवल लेनको हुने छ । जसमा ७ दशमलब ५ मिटर गाडी गुड्ने र बाँकी दुवै तर्फ फुटपाथ रहने छ । ११ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने पुल १८ महिना भित्रमा तयार पार्नु पर्ने भए पनि समयमै काम नसकीए पछि समय थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *