रियल आफ्नै घरेलु मैदानमा पराजित भयो

खेलकुद मुख्य समाचार

च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड आफ्नै घरेलुु मैदानमा समुह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसके मस्कोसँग ३–० गोलको अन्तरमा नराम्रोसँग पराजित भएको छ । तर हारका बावजुद पनि रियल समुह बिजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ भने मस्को पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा पाहुना टोली मस्कोले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । ३७ औं मिनेटमा फेडर चालभले गोल गर्दै मस्कोलाई खेलमा अग्रता दिलाएका थिए । उनले अर्नर सिगुर्डसनको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा जर्जी सेचेनीकोभले मारियो फर्नान्डेजको पासललाई सदुपयोग गर्दै मस्कोलाई २–० को अग्रता दिलाएका थिए । त्यसअघि २४औं मिनेटमा मार्काे एसेन्सियोको प्रहार बारमा लागेर फर्कदा रियलले खेलमा अग्रता लिने मौका खेर फालेको थियो । २८औं मिनेटमा इस्को, २९ां मिनेटमा एसेन्सियो र ३०औं मिनेटमा बेन्जेमा गोल गर्न बाट चुकेको थियो ।
पहिलो हाफमा २–० ले पछि परेको रियलले बलमा नियन्त्रण गरेपनि गोल गर्न असमर्थ रह्यो । ७३औं मिनेटमा अर्नर सिगुर्डसनले गोल गर्दै रियललाई घरेलु मैदानमा ३–० को हार चखाए । रियलले मस्कोविरुद्ध १९ पोस्ट आक्रमण बुनेपनि गोल गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *