जर्ज फ्लोइड मारिएको ठाउँमा जागृतिको आगो सल्किँदै, दर्जनौँले बप्तिष्मा लिए, निको भए र बाँचे

अन्तराष्ट्रीय खबर मुख्य समाचार सुसमाचार

एजेन्सी । मिनियपोलिसको गल्ली जहाँ जर्ज फ्लोइडले आफ्नो देह त्याग गरे अहिले उक्त ठाउँमा प्रार्थनाको अभियानद्वारा दर्जनौँ मानिसहरु येशूमा बाँचेका, बप्तिष्मा लिएका र निको भएका छन ।
जर्ज फ्लोइडको मृत्युपछि लगभग दुईहप्तासम्म संसारले उग्र विरोध, शान्तिपुर्ण प्रदर्शन देखेको छ त्यसका साथमा हामीले विश्वासको गवाहीहरु, ख्रीष्टियान दाजुभाई दिदीबहिनीबीचको प्रेम पनि देख्न पायौँ । उनीहरुको प्रेमले ख्रीष्टमा कुनै जातिय वा वर्गिय विभाजन छैन भन्ने कुरालाई प्रकट गरिरहेको थियो ।
सिबिएन न्यूजका अनुसार अहिले फ्लोइडको निधन भएको त्यो गल्ली परमेश्वरको प्रमा र मुक्ति खनिने ठाउँ भएको छ जहाँ सयौँ मानिसहरु भेला भएर परमेश्वरलाई आराधना गर्ने, सुसमाचार सुनाउने र बप्तिष्मा लिने कार्य गरिरहेका छन । थुप्रै मानिसहरुले उक्त ठाउँमा भेला भएर प्रार्थना र आराधना गरेको तस्बिर तथा भिडियोहरु पोष्ट गरिरहेका छन ।
फ्लोइड अश्वेत नागरिक थिए जो मिनियपोलिसका एक प्रहरी डेरेक चविनले पक्राउ गरेर घुँडाले उनको घाँटीमा लगातर दबाएको कारणले सास फेर्न गाह्रो भई मरेका थिए ।
बम्बर्गर नामक एक व्यक्ति बताउँछन कि उक्त ठाउँमा प्रार्थना र आराधनाले थुप्रैको जीवनमा प्रभाव पारेको छ । उक्त ठाउँमा हजारौँ गवाहीहरु जन्मिएको छ, सयौँ मानिसहरुले येशूको विषयमा सुन्ने र चिन्ने अवसर पाए । त्यसैगरी उनी भन्छन कि विगत हप्तामा दर्जनौँ मनिसहरु निको भए, आशाले भरिए, परिवर्तन भए र येशूमा नयाँ जीवन पाए । अहिले उक्त ठाउँमा दैनिक प्रार्थना हुन्छ, थुप्रैले येशूमा आफ्नो जीवन समर्पण गरेका आवाजहरु गल्लीमा गुन्जन्छन ।
बान्डन मार्लो नामक एक व्यक्तिले सँगै प्रार्थना र अंकमाल गरेको तस्विर ट्विीट गर्दै उक्त तस्विर एकताको संकेत भएको बताए । यद्यपि जर्ज फ्लोइडप्रति गरिएको अन्याय अझै मानिसहरुको मन मस्तिष्कमा छ, तर पनि येशू ख््रीष्टको सुसमाचारमा मानिसहरुले उद्धार, आशा र चंगाई पाएका कयौँ स्वरहरु गुन्जिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *