फुटबलका जादूगर पेले रहेनन्

साओ पाउलो– ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाउने विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनका सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेकाछन् । पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट पीडित थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरकोट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केलीलेआफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । चारपटक विश्वकप खेलेका पेलेले आफ्नो खेल जीवनमा विश्व कीर्तिमानी १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । पेले आफ्नो देशका लागि तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकपजितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्तगरेका छन् ।

पुरा पढ्नुहोस् ...

स्विटजरल्यान्डलाई जित्दै ब्राजिल नकआउट चरणमा पुग्ने दोस्रो टोली

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलले सोमबार स्विटजरल्यान्ड १–०ले हराउँदै नकआउट चरणमा पगेको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा […]

पुरा पढ्नुहोस् ...

ब्राजिलमा अमेजनको वन विनाश उच्च गतिमा

बिबिसी । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन्। यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ। जैविक विविधताको भण्डारमा क्षति अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातिय समुदायको बसोबास छ। पछिल्ला आँकडाहरूले […]

पुरा पढ्नुहोस् ...

मृत महिलाको पाठेघरबाट बच्चाको जन्म भयो

बीबीसी न्यूज ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो । पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघर बिनै जन्मेकी थिइन् । जीवित महिलाले नै […]

पुरा पढ्नुहोस् ...

ब्राजिल : राष्ट्रपतिमा बोल्सोनारु निर्वाचित

बिबिसी । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ । चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका […]

पुरा पढ्नुहोस् ...