चीनमा ८० जना ३ हजार नक्कली कोरोना खोपसहित पक्राउ

एजेन्सी । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ। प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न […]

पुरा पढ्नुहोस् ...

केजिएफ २ हेर्न राष्ट्रिय बिदाको माग

एजेन्सी । साउथ स्टारर यश अभिनित बहुप्रतिक्षित फिल्म केजीएफ च्याप्टर २ ले सुरुवाती चरण देखि चर्चा कमाउदै आएको छ । निमार्णको सुरुवात देखि रिलिज मिति सार्वजनिक हुदा सम्म केजीएफ २ ले अनपेक्षित चर्चा परिचर्चा कमाईरहेको छ । गत ७ जनवरीमा रिलिज भएको टीजरले त चर्चा मात्र नभई रेकर्ड नै तोड्यो । केही दिन अघि रिलीज […]

पुरा पढ्नुहोस् ...

म्यान्मार कू, सेनाद्वारा एक वर्षको लागि सङ्कटकाल घोषणा

बिबिसी । म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। शासन सत्ता हातमा लिएका […]

पुरा पढ्नुहोस् ...

नेतृ आङ सान सू ची सेनाद्वारा गिरफ्तार

बिबिसी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी एनएलडीकी नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने […]

पुरा पढ्नुहोस् ...

फ्रान्समा पुनः लकडाउन

एजेन्सी । फ्रान्समा आजदेखि लागु हुने गरी पुन देशव्यापी लकडाउन गरिएको छ । फ्रान्सेली प्रधानमन्त्री जेन क्यास्ट्रेक्सले देशव्यापी लकडाउनको घोषणा गर्दै रातको समयमा कर्फ्यूलाई थप कडा बनाइने जानकारी दिए । लकडाउनपश्चात् अब युरोपेली संघ इयू बाहिरका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् । यद्यपी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड र रुवाण्डाका लागि भने […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

भारतले टिकटक लगायत ५९ चिनियाँ एप सधैँका लागि बन्द गरिदियो

एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने […]

पुरा पढ्नुहोस् ...

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके द नेदरल्यान्ड्समा पक्राउ

बिबिसी । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ। चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई द कम्पनीका प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ। संसारमा सबैभन्दा बढी खोजी गरिएका […]

पुरा पढ्नुहोस् ...

भारतले नेपाललाई दिएको खोपबारे थाहा पाउनै पर्ने यी कुराहरू

एजेन्सी । भारतले नेपाललाई दिएको खोप बिहीवार नेपाल आइपुगेको छ । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र […]

पुरा पढ्नुहोस् ...

क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड, जिते इटालियन सुपर कप

एजेन्सी, माघ ८ गते । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् । बुधबार […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

एजेन्सी, माघ ७ गते । लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई […]

पुरा पढ्नुहोस् ...

भारतमा सुरु भयो कोरोना खोप अभियान

नयाँदिल्ली, माघ ४ गते । भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज एम्स् का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । भारतमा हालसम्म १ […]

पुरा पढ्नुहोस् ...

चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...