पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा पा.हरिराम घिमिरे ।

मुख्य समाचार स्थानिय समाचार

समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहरु हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदाय आज गण्डकी प्रदेशमा मात्र होइन तर नेपालको एक उदाहरणीय समुदाय बन्दै समाजमा नुन र ज्योति बन्ने कार्य गर्दै अगाडी बढिरहेको छ । समुदायको आज २३ औं साधारण सभा तथा अधिवेशन नदिपुरमा सम्पन्न भयो । सम्पन्न भेलाले आगामी २ बर्षको लागि पा. हरिराम घिमिरेको अध्यक्षतामा नयाँ कार्यकारीणी समितिको चयन गरेको छ । समितिमा निम्न पदाधिकारीहरु चयन हुनुभयो ।
१.अध्यक्ष : पा. हरिराम घिमिरे
२.उपाध्क्ष : राम प्रसाद शर्मा
३.महासचिव : प्रदिप कुमार ढुंगाना
४.सचिव : कालु तामाङ
५.सह सचिव : टेक बहादुर थापा
६.कोषाध्यक्ष : राकेश पुन
७.सह कोषध्यक्ष : जंग बहादुर पुन
८.सदस्य : नरकाजी गुरुङ
९.सदस्य : युसुफ तामाङ
१०.सदस्य : मुक्ति ढकाल
११.सदस्य : डा. दीपेन्द्र गौतम
१३.सदस्य : राम कुमार श्रेष्ठ
१३.सदस्य : विमल कठायत
१४.पदेन सदस्य : सरला अधिकारी (पोखरेली दिदीबहिनी प्रार्थना संगति)
१५.पदेन सदस्य : रिचल घिमिरे (पोखरेली दिदीबहिनी प्रार्थना संगति)
१६.पदेन सदस्य : पुर्ण वि.क (पोखरेली ख्रीष्टिय युवा संगति)
१७.भरत बहादुर गुरुङ (असल छिमेकी नेपाल)
१८.राजेन्द्र कुमार अधिकारी (असल छिमेकी नेपाल)
कार्यक्रममा आर्थिक वर्ष २०७४/२०७५को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत पश्चात पा.भविन्द्र रानाले उपस्थित सबैलाई धर्मशाष्त्र बाइबलबाट वचन वाड्दै सबैलाई एकतामा अझै अगाडि बढ्न उत्साहित पार्नुभएको थियो । सर्वसम्मतबाट चयन हुनुभएका सदस्यहरुलाई प्रतिवद्धता गराउँदै ओहदाको प्रमाणपत्र समेत प्रदान गरियोे साथै निवर्तमान समितिलाई कदरपत्र समेत प्रदान गरिएको थियो । नव निर्वाचित अध्यक्ष पा.हरिराम घिमिरेले पोखरेली ख्रीष्टिय समुदायजस्तो ऐतिहासिक समुदायको अध्यक्ष हुन पाउनु गौरव र परमेश्वरको अनुग्रहको कुरा भएको साथै आफ्नो काँधमा अब ठूलो जिम्मेवारी आएको भन्दै सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सन्चालन नयाँगाउँ चर्चका एल्डर लाजरस हितैषीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *