जनताको गुनासो सुन्न गण्डकी प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’

मुख्य समाचार समाचार स्थानिय समाचार

गुनासोमा पोखराका कृष्ण पौडेल र उपेन्द्र पौडेलले पर्यटकको बसाँई लम्बाउन र फेवातालको संरक्षणका लागि के गर्दै हुनुहुन्छ भनेर मुख्यमन्त्री गुरुङलाई सोधेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण, पर्यटकको बसाँई लम्बाउन पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । विहान १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिपान सक्ने छन् । सर्वसाधरणले नेपाल टेलिकमको टोलफ्रि नम्बर १०९४ मा फोन गरेर आफ्ना गुनासाहरु हेल्लो मुख्यमन्त्री कक्षमा टिपाउन पाउने छन् । भने उक्त गुनासाहरु तत्काल सम्बन्धीत निकायहरुमा पठाई छिटो भन्दा छिटो गुनासाहरु समाधान गर्ने मुख्यमन्त्रीले बताए ।

गुनासाहरु टिपाउनका लाागि एन्ड्रोइड मोवाइल प्रयोगकर्ताहरुले Hello CM Android App डाउनलोड गरि सोही App मार्फत पनि गुनासाहरु टिपाउन सकिने छ । भने  Hellocm.gandaki.gov.np मा गएर पनि गुनासाहरु टिपाउन सकिने सो अवसरमा जानकारी दिइएको छ । यस्तै मुख्यमन्त्री कार्यालयको इमेल hellocm@gandaki.gov.np मा इमेल गरेर पनि गुनासाहरु टिपाउन सकिन्छ । फोनबाट भने कार्यालय समयमात्रै गुनासाहरु टिपाउन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *