सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाका अनुसार लेखनाथ हटाउँदै अब प्रदेश नम्बर चारको राजधानी नगरको नाम पोखरा महानगरपालिका कायम गरिएको जानकारी दिए ।पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने अर्थात् महानगरको नामबाट ‘लेखनाथ’ शब्द हटाउने निर्णय बैठकले गरेको हो ।यसअघि महानगरको नाम हेरफेर गर्न सिफारिस गर्ने प्रस्ताव पोखरा महानगरपालिकाको नगरसभाले गत असार दोस्रो साता गरेको थियो । सभाले महानगरको नामबाट लेखनाथ शब्द हटाई पोखरामात्रै राख्न प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरेको थियो ।वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले पेस गरेको प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए ।