पोखरामा बन्दको असर, यातायात र बजार ठप्प
पोखरा, २५ असार /प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ । बन्दका कारण सार्वजनीक यातायात संचालन हुन सकेका छैनन् भने, मुख्य बजारका पसलहरु पनि बन्द छन् । विद्यालय, क्याम्पस पनि बन्द छन् । निजी गाडी, मोटरसाइकल केहीमात्रामा सञ्चाालनमा आएका छन् । विहान देखी नै पोखरामा अविर वर्षा भएका कारण मानिसहरु र बन्द कर्ता खासै सडकमा देखिएका छैनन् ।
प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातिय संघ संस्थाहरु आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई नयाँशक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।