पोखरामा मास्क नलगाई हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना तिराईयो

मुख्य समाचार स्थानिय समाचार

पोखरा, असार २५ । पोखरामा मास्क नलगाई हिड्नेलाई हिजो बुधबार १ सय रुपैयाँका दरले जरिवाना तिराएको छ । विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रशासनले उनीहरुलाई बुधबार नै १ सय रुपैयाँका दरले जरिवाना लिएर छाडेको छ। सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेलाई कारबाही शुरु गरेको उनले बताए ।
डिएसपी हमालले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, कम्तीमा २ मिटर सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *