मुम्बईले चौथो पटक जित्यो आईपीएलको उपाधी
एजेन्सी। आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।
हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।
मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए । बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए । चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भए । बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए । चेन्नाईलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । बलिङमा लासिथ मालिङ्गा थिए । पहिलो तीन बलमा मालिंगाले चार रन दिए । चौथो बलमा शेन वाटसन रन आउट भए । पाँचौं बलमा शार्दुल ठाकुरले दुई रन बनाए । शार्दुललाई अन्तिम बलमा दुई रन बनाएर चेन्नाईलाई जिताउने अवसर थियो तर, मालिङ्गाले उनलाई एलबीडब्ल्यूको धरापमा पारे । अघिल्ला ३ ओभरमा ४२ रन खर्चिए पनि मालिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई उपाधि दिलाउन भूमिका खेले ।
यो जितसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । उसले पछिल्लो सात वर्षमा चौथो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि मुम्बई २०१३, २०१५ र २०१७ मा पनि आईपीएल च्याम्पियन बनेको थियो । सन् २०१७ मा पनि मुम्बईले एक रनको जित निकाल्दै आईपीएलको उपाधि जितेको थियो । त्यतिबेला मुम्बईले राईजिङ पुणे सुपरजाइन्ट्सलाई एक रनले हराएको थियो ।
जसप्रित बुम्राह म्यान अफ द म्याच बने । उनी सन् २०१७ को फाइनलमा पनि म्यान अफ द म्याच बनेका थिए ।
कुन खेलाडीले जिते कुन अवार्ड जितेः
१। सर्वाधिक रन -अरेन्ज क्याप – डेविड वार्नर “हैदरावाद”
२। सर्वाधिक विकेट -पर्पल क्याप – इमरान ताहिर “चेन्नई”
३। मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल “कोलकता”
४। इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल “कोलकता”
५। फास्ट फिफ्टी – हार्दिक पान्ड्या “मुम्बई”
६। उत्कृष्ट क्याच – काइनर पोलार्ड “मुम्बर्ई”
७। सुपर स्ट्राईकर – आन्द्रे रसेल “कोलकता”
८। स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल “पन्जाव”
९। गेम चेन्जर अफ द सिजन – राहुल चाहर “मुम्बई”