ऋषभ पन्तको सानदार खेलमा दिल्लीले, मुम्बई इण्डियन्सलाई ३७ रनले जित्यो
एजेन्सी । आईपिएलको १२ औं संस्करणमा नयाँ नाम सहित उत्रेको उत्तरी दिल्लीको टोली दिल्ली क्यापिटल्स आइतबार सम्पन्न पहिलो म्याचमा मुम्बई इण्डियन्सलाई ३७ रन ले पराजित गरेको छ।
पहिले ब्याटिङमा उत्रेको दिल्लीले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा बनाएको २१३ रनको स्कोरलाई मुम्बईले पछ्याउन नसकेपछि लिगमा उसले विजयी सुरूवात गरेको हो। जवाफी ब्याटिङमा उत्रेको मुम्बईले घरेलु मैदान १९.२ ओभरमा १७६ रन मात्र बनाउन सकेको थियो।
वानखेंडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले २७ बलमा ७८ रन जोडे। उनले ७ चौका र ७ छक्का प्रहार गरेका थिए। यसैगरी दिल्लीका लागि कलिन इंग्रामले ३२ बलमा ४७ र शिखर धवनले ३६ बलमा ४३ रनको पारी खेले। कप्तान श्रेयस अय्यरले १० बलमा १६ रन जोडे। मुम्बईका लागु मिचेल म्याक्लिनघनले सर्वाधिक ३ विकेट लिए। यस्ते जसप्रीत बुमराह, हार्दिक पान्ड्या तथा बेन कटिङ्गले समान १-१ विकेट लिएका थिए।
२१४ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको मुम्बई हिजोको खेलमा सुरूदेखि नै धर्मरायो। ओपनर तथा कप्तान रोहित शर्मा १४ रन बनाएर सुरूमा आउट भए भने दोश्रा ओपनर क्विंटन डी ककले २७ रन मात्र बनाउन सके। एक समय ४५ रन बनाउँदा ३ विकेट गुमाएको मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाउँदै केहि राहत दिए। उनी १९ औं ओभरको पहिलो बलमा आउट भए। उनी आउट भएसँगै मुम्बईको खेल जितबाट विमुख भयो। चोका कारण जसप्रीत बुमराह ब्याटिङका लागि मैदानमा उत्रेनन्। क्रुणाल पांड्याले मुम्बईका लागि दोश्रो सर्वाधिक रन जोडे। उनले १५ बलमा ३२ रन बनाए। किरोन पोलार्ड २१ रन बनाउँदै आउट भए।
दिल्लीका लागि कैगिसो रबाडा तथा इशांत शर्माले समान २-२ विकेट लिए। त्यस्तै टेन्ट बोल्ट, राहुल तवतिया, अक्षर पटेल र किमो पलले एक एक विकेट झारे ।