हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी सहित सवार सबैको मृत्यु भएको पुष्टी

नेपाल मुख्य समाचार स्थानिय समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका छन् । उद्धारका लागि गएको हेलिकप्टर घटनास्थल पुगिसकेको छ र त्यहाँबाट आएको विवरण अनुसार सबैको ज्यान गएको छ । एपीवान टेलिभिजनसँग कुरा गर्दै उद्धारमा खटिएको सिम्रिक एयरका पाइलटले आफूले शवहरू देखेको बताएका छन् । एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सात जना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए । दुर्घटनाको समाचार आइरहँदा मन्त्रिपरिषद्कोआकस्मिक बैठक बोलाइएको कृषिमन्त्री चन्द्रप्रकाश खनालले बताए ।
सम्भाव्यता
उनले भने, “तत्काल आऊनू भनेर प्रधानमन्त्री कार्यालयबाट खबर आयो ।” मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाण्डूबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको थियो । त्यहाँबाट हेलिकप्टर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरतिर गएको थियो । हेलिकप्टर दुर्घटना पाथीभरानजिकै भएको स्थानीयवासीहरूले बताएका छन् । ताप्लेजुंग जिल्ला, फुङ्लिङ न.पा १० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भिरमा रहेको हेलिकप्टर दुर्धटना स्थलमा अस्थायी प्रहरी चौकी माथिल्लोे फेदी बाट खटिएको प्रहरीको प्राथमिक उद्दार टोली पुगि उद्दार कार्यमा संलग्न हुँदैछ । ठूलो आवाज आएको र आगो लागेको सूचना स्थानीय बासिन्दाहरूबाट पाएको प्रहरीले बताएको छ । खराब मौसमका कारण उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।
हेलिकप्टरमा को को थिए ?
मन्त्री रवीन्द्र अधिकारी
प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ
यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा
हेलिकप्टरका पाइलट प्रभाकर केसी
सुरक्षाकर्मी अर्जुन घिमिरे
निर्देशक, उड्ययन प्राधिकरण धु्रव भोछिभोया

Leave a Reply

Your email address will not be published. Required fields are marked *