आर्थरडाँडाखर्क समाज कतारद्वारा सहयोग प्रदान

आर्थिक मुख्य समाचार समाचार

पोखरा, पौष ६ गते ।आर्थरडाँडाखर्क समाज कतारद्वारा मोटरसाइकल दुर्घटनामा परि घाईते हुने आर्थरका अनिल बि.कलाई रु प्रन्धहजार एक सय अठहत्तर रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
अनिल बि.क गत मंसिर २ गते मुग्लिन नारायणगढ सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी घाइते भएका थिए । उनको टाउको, हात, खुट्टामा चोट लागेको थियो । उनीसँगै गएका साथीको दुर्घटनास्थलमा नै मृत्युभएको थियो भने उनी हाल भरतपुर चितवन अस्पतालमा उपचाररत छन । साथै उनको आर्थिक अवस्था निकै कमजोर भएको कारण आर्थर डाँडाखर्क समाज कतारले केहि राहत प्रदान गरेको समाजका संस्थापक अध्यक्ष तथा समाजसेवी धन सुनार खातीले बताउनुभयो ।
कतारमा रहँदा मनोज गुरुङ, लेखनाथ रिमाल, धन सुनार खाती लगायत अन्य मिलेर स्थापना गरेको समाजले प्रवासमा नेपालका विभिन्न जिल्लाबाट कतारमा आएर दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । यस समाजले हालसम्म विभिन्न रोगले पिडित व्यक्तिहरुलाई सहयोग, शिक्षा क्षेत्रमा साथै गाउँठाउँका विभिन्न आपतमा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *