कोरोना अपडेटः थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३
पोखरा, असार २४। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित संख्या १६ हजार ४२३ पुगेको छ । त्यसैगरी आज २५३ जना निको भएर डिस्चार्ज भई घर फर्केका छन। योसँगै निको हुनेको संख्या सातहजार ७५२ पुगेको छ । कोरोनाभाइरसका संक्रमित नभेटिएपछि धनकुटा, भोजपुर, सोलुखम्बु, हुम्ला र मुस्तागं जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।