बेकारी तथा बारिष्टा तालिम शुरु : प्याड बनाउने तालिम सम्पन्न

पोखरा, १२ बैशाख २०८० । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किङ्स इन्टरनेस्नल कलेजको प्राबिधिक सहयोगमा वडा १५ का युवाहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिष्टा तालिम शुरु भएको छ । वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवाहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त […]

पुरा पढ्नुहोस् ...

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

पोखरा । १२ बैशाख २०८०  तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपालीकांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्तगर्नुभएको निर्वाचन आयोगले जनाएको छ । भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्तगर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ। तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

पुरा पढ्नुहोस् ...