यस्तो छ कोरना बाट मृत्यु भएका बिरामीको सब व्यवस्थापन सम्बन्धी कार्यविधी

नेपाल बिबिध मुख्य समाचार स्वास्थ्य

कोभिड–१९ का कारण मुत्यु भएका व्यक्तिहरुको शवबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेतापनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपानाई शव व्यवस्थापन गर्ने कार्यविधि तयार पारिएको छ । नेपालमा कोभिड–१९ को प्रकोप देखिएपनि मृत्यु हुनेको संख्या शुन्य रहेको अवस्थामा हिजो मात्र कोभिड–१९ कोरोना भाईरसको कारण नेपालमा १ को मृत्यु भयो आज एकजनाको मृत्युभएपछि शवलाई कसरी व्यवस्थापन गर्ने सतगत गर्ने भन्ने बारेमा पनि चर्चा चल्न थालेको छ । नेपाल सरकारले शव व्यवस्थापनको लागि कस्तो कार्यविधी तयार पारेको छ त बुद्धागत रुपमा तल प्रस्तुत गरेका छौ ।
क) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पि.पि.ई.को प्रयोग गर्नु पर्ने ।
ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्ने ।
ग) शवलाई अस्पताल\घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, दसतगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा टोपी, मास्क सहितको पि.पि.ई. प्रयोग गर्नु पर्ने ।
ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ ।
च) शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रहरु हटाई दिनुपर्दछ ।
छ) शवको कुनै भागबाट श्राव भई रहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने ।
ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ ।
झ) शवलाई डिसइनफेक्सन गर्नु आवश्यक छैन ।
ञ) शवलाई चाडोभन्दा चाडो अन्तिम संस्कार गर्ने स्थलमा पु-याउनुपर्दछ ।
ट) शवको शरिरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष व्यागको आवश्यकता पर्ने छैन ।
ठ) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ ।
ड) सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलार्य नछौईकन जल छर्कने, पाठ गर्ने तथा फुलमाया चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।
ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोईकन कम्तिमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ ।
ण) कोभिड–१९ ले मृत्यु भएको व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु पदैछ । यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ ।
त) येथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पि.पि.ई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।
थ) कोभिड–१९ का कारण मुत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ ।
द) पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेको सामाग्रीहरु डिसइनफेक्सन गर्नुपर्दछ ।
घ) क्लिनिकल वेष्टहरु सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *