रियलले आयाक्सलाई हरायो
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २–१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री “भीएआर” विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै गोल गरेको भन्दै खुसीयाली मनाएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा रेफ्रीले गोललाई मान्यता दिएका थिएनन् । पहिलो हाफमा दुवै टोलीले अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । आयक्सले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि रियलका डिफेन्डर बाधक बनिरहे ।
दोस्रो हाफमा रियलले करीम बेन्जेमाको गोलमा अग्रता लियो । ६० औं मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्रभित्र दिएको पासमा बेन्जेमाले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटमा नै हाकिम जिएकले खेल बराबरीमा ल्याए । डेविड नेरेसको पासलाई उनले १० यार्डबाट सहजै गोलमा परिणत गरेका थिए ।
रियलले खेलको तीन मिनेट समय बाँकी रहँदा पुनस् अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले ६ यार्ड बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा अगाडी बढाए । तर उक्त गोलको मुभमा रियलका खेलाडी लुकास भाज्केजले आयाक्सका खेलाडीलाई फल गरेको भन्दै गोलमा केहीबेर विवाद भएको थियो । भीएआरमा रेफ्रीले कुनै असर नपरेको भन्दै फल लिएका थिएनन्।
आयक्सका लागि वैकल्पिक खेलाडी कास्पर डोलबर्गले इन्ज्युरी समयमा खेल बराबरी गरें सुनौलो अवसर खेर फाले । उनले गरेक फितलो प्रहारलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले लडेको अवस्थामा हातले सहजै रोकेका थिए ।
दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।