थप एक हजार ५५१ जना सङ्क्रमित, दुई हजार ३४० निको

पोखरा, असोज २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका एक हजार ५५१ जना सङ्क्रमितसहित नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार […]

पुरा पढ्नुहोस् ...

प्रदेश ५ को राजधानी भालुवाङ रहने प्रस्ताव दुई तिहाई मतले पारित

पोखरा, असोज २० गते । प्रदेश–५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ रहने घोषणा भएको छ । प्रदेश नं.५ प्रदेश सभाको आजको बैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भनी गत शुक्रबार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश […]

पुरा पढ्नुहोस् ...

बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । सोमबार राति भएको आइपिएलमा खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको मुम्बई इन्डियन्सले समान खेलबाट ६ अंक बटुलेको छ। सोमबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको गुमाएर १९६ […]

पुरा पढ्नुहोस् ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

पोखरा, असोज २० गते । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ। उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना […]

पुरा पढ्नुहोस् ...