फ्रन्टलाईनर्स नेपाल द्वारा आयोजित एक दिने उदघोषण तालिम सम्पन्न

फ्रन्टलाईनर्स नेपाल द्वारा आयोजित एक दिने उत्घोषण तालिम, येही आषाढ २४ गते, मंगलबार, नेपाल ख्रिष्टिय पोखरा चर्चमा सम्पन्न भएको छ । विभिन्न संघ संस्था तथा पोखरामा रेहेका मन्डलीहरुबाट २८ जना सहभागीले तालिम प्राप्त गरेका छन् । व्यक्तित्वो बिकाश तथा उत्घोषण सम्बन्धि तालिममा सहभागीहरुले सैधान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न सफल भएका फ्रन्टलाईनर्स नेपालका सचिब अनिल […]

पुरा पढ्नुहोस् ...

रेडियो एपोस्टलको स्टेसन म्यानेजरमा राकेस पुन नियुक्त

समाज परिवर्तनको लागि सकारात्मक सोचको अपरिहार्यतालाई मुल नारा बनाइ विगत ३ वर्ष अगाडी बगरको नयाँ गल्लीमा संचालित रेडियो एपोस्टल १०२.६ मेगा हर्जले एक जुझारु तथा सक्रिय व्यक्तित्व राकेस पुनलाइ स्टेसन म्यानेजरको रूपमा नियुक्त गरेको छ।विभिन्न मनोरञ्जनात्मक तथा शिक्षामुलक कार्यक्रमहरु प्रसारणको साथ साथै थुप्रै सामाजिक काम समेत सफलताको साथमा सम्पन्न गरि सकेको रेडियोलाई अझ सक्रियताको साथमा […]

पुरा पढ्नुहोस् ...

क्रिसमस लगायत १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव

सरकारले सार्वजनिक बिदा पुनरवलोकन गरेको छ। सरकारले १३ दिन थप बिदा दिने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो। २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत […]

पुरा पढ्नुहोस् ...

गाबु डाँडा चिनारी म्युजिक भिडियो“स्वर्गकै छाया” विमाेचन कार्यक्रम सम्पन्न

कमल चक्र युवा क्लवकाे २४औ वार्षिकोत्सब तथा फाे ल्हाेसार २०७५काे अवसर पारेर गाबु डाँडा गाउँकाे भाैगाेलिक,प्राकृतिक ,भाषिक,साँस्कृतिक तथा ऐतिहासिक अवस्थाहरुलाई समेटेर तयार पारेकाे गाबु डाँडा चिनारी म्युजिक भिडियो“स्वर्गकै छाया” विमाेचन कार्यक्रम सम्पन्न भएको छ। तमु पेल्हु संघ नेपालकाे पूर्व केन्द्रीय सदस्य क्या.श्री तिर बहादुर गुरुङले भिडियो प्ले गरि प्रोजेक्टरमा प्रदर्सन गरेर विमोचन गर्नु भएको थियो | गुरुङको […]

पुरा पढ्नुहोस् ...

प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा नेपाली पाईलटको खराब प्रदर्शन, कोरियाली पाईलटको अग्रता

स्याङ्जा : भीरकोट नगरपालिका-५ को स्वरेकमा जारी प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरियाले वर्चश्व कायम गरेको छ। कोरिया पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएको छ। शनिबार भएका तीन चरणका खेलमा कोरियाका स्यांग्यु लिमले १० अंकसहित पहिलो स्थानमा आए। दोस्रो स्थानमा कोरियाकै किङकी हेवनले ११ अंक र जिहुनयु १३ अंकसहित तेस्रो स्थानमा छन्। यस्तै स्लोभेनियाका एडम […]

पुरा पढ्नुहोस् ...

पर्यटकलाई सहज हुने गरी लेकसाइडका गल्लीलाई नम्बरिङ गरिने

लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बरसहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको छैन । पोखरा पर्यटन परिषद् (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय […]

पुरा पढ्नुहोस् ...

आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा

हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । ती उल्कावर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । उल्कावर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै सुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । […]

पुरा पढ्नुहोस् ...

मस्तिष्क पक्षघात भएकाहरुको लागि संचालित दिवा सेवा केन्द्रको उद्घाटन सम्पन्न

पोखरा महानगरपालिका १३ मियापटन स्थित वि.पी .मार्गमा मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुको अविभाबकहरुको समूह “मस्तिष्क पक्षघात संरक्षक समूह ” को सक्रियतामा उक्त वालबालिकाहरुलाइ सेवा प्रदान गर्नको लागि दिवा सेवा केन्द्र संचालनमा ल्याएको छ। संचालनमा आएको केन्द्रबाट हाल ९ जना वालबालिकहरुले प्रत्यक्ष सेवा लिइ रहेका छन् भने पोखरा लगायत यस आसपासमा छरिएर रहेका अन्य मस्तिष्क […]

पुरा पढ्नुहोस् ...

एक रूपैयाँ बढी भाडा लिए पनि पाँच हजार जरिवाना

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ […]

पुरा पढ्नुहोस् ...

करिब ४५ करोडको लागतमा स्याङजाको भालु पहाडमा टुरिजम स्पोटर्स

गण्डकी प्रदेशमा पर्ने स्याङजाको फेदीखोला गाँउपालिका २ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब २८ किलोमिटर टाडाको दुरीमा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधि सहितको भौतिक संरचना निमार्ण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेदीखोला गाउँपालिकाले यस्तो बृहत […]

पुरा पढ्नुहोस् ...

नेपाल आइडलबाट बाहिरिइन ‘काउली बुढी’

  एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् । काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर […]

पुरा पढ्नुहोस् ...

पोखराका फ्याक्ट्रीमै मिति सकिएका दुर्गन्धित मासु, १६ सय किलो मासु जफत

  पोखरामा मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुगन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा दुर्गन्धित मासु फेला परेको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को फेमली मिट प्रोडक्टमा बुधबार अनुगमन गर्दा करिव ९ सय किलो आइसच्याम्बरमा […]

पुरा पढ्नुहोस् ...

जनताको गुनासो सुन्न गण्डकी प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’

 जनाताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा हेलो मुख्य मन्त्री कल सेन्टर शुरु गरेको छ ।सेन्टरको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरेका छन् । सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न प्रदेश सरकारले कल सेन्टर शुरु गरिएको हो । सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइटमा गएर सिधै प्रश्न गर्न सक्ने छन् । […]

पुरा पढ्नुहोस् ...

सांसद पहारीको प्रश्न-पोखरामा एयरपोर्ट बनाउदै हो कि ,बालबालिका खेल्ने घर ?

पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेसको चालु अधिवेशनमा बिहिबार शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता ब्यक्त गरेका छन् । सांसद राजिब पहारीले एयरपोर्टलाइ कति जग्गा चाहिन्छ […]

पुरा पढ्नुहोस् ...