लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन

पोखरा, वैशाख १३ । लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन भएको छ । आगामी तीन वर्षका लागि बनेको यस समितिमा ओर्ड अफ गड चर्चका पाष्टर प्रमोद शर्मा अध्यक्ष, पा.मुकेश सुनार उपाध्यक्ष, पा. रञ्जित तामाङ सचिव, रेखा भण्डारी सह सचिव, पा. गणेश कुमाल कोषध्यक्ष मा चयन हुनुभयो । पोखरा लेखनाथ चर्चमा गठन गरिएको उक्त कमिटीमा […]

पुरा पढ्नुहोस् ...

आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने

वैशाख १२ । स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता […]

पुरा पढ्नुहोस् ...

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत, संसदले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान […]

पुरा पढ्नुहोस् ...

पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य १६००

बुधबार, चैत्र २३, २०७८ . नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ […]

पुरा पढ्नुहोस् ...

निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो। […]

पुरा पढ्नुहोस् ...

लेखनाथ युथको अध्यक्षमा हनोक तामाङ

पोखरा, २१ चैत्र । लेखनाथ ख्रीष्टियान युवा संगतिको अध्यक्षमा बागमारा पुनर्जीवन चर्चका डिकन हनोक तामाङ चयन हुनुभएको छ । मारानाथा चर्च खुदिमा आयोजित कार्यक्रममा संगतिको नयाँ कार्य समिति चयन भएको हो । उक्त नयाँ कार्य समितिमा अध्यक्ष डि.हनोक तामाङ (बागमारा पुनर्जिवन चर्च), उपाध्यक्ष बिगेन पुन (ने.ख्रि तालचोक चर्च), सचिव डि.रुबेन खड्का (जिवित परमेश्वरको मण्डली), सह–सचिव […]

पुरा पढ्नुहोस् ...