स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

१७ चैत्र । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण […]

पुरा पढ्नुहोस् ...

बैंंग्लोरलाई हराउँदै पन्जाबको विजयी सुरुवात

एजेन्सी । बैंंग्लोरलाई हराउँदै पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए । […]

पुरा पढ्नुहोस् ...

आईपीएलः पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हरायो

एजेन्सी– १५ औँ संस्करण इन्डियन प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो। वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा […]

पुरा पढ्नुहोस् ...

पुटिनको १४,००० डलरको ज्याकेटसँग जेलेन्स्कीको हरियो टिसर्टको तुलना

चैत १०मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्‍यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ । ‘लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको थियो । त्यसँगै उनले लगाएको घाँटीसम्मको जम्पर इटालियन ब्रान्ड किटनको तीन हजार डलर पर्ने लुगा हो । धेरै देशहरूमा नेताहरूले यसरी अत्याधिक […]

पुरा पढ्नुहोस् ...

रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा, चरम मुल्य वृद्धि हुँदै

चैत ९ । युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसकेका छन् ।त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि […]

पुरा पढ्नुहोस् ...

अमेरिकी डलरको मूल्य १२२ नाघ्यो

चैत्र ८ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्।राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरको मूल्य थोरै बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ […]

पुरा पढ्नुहोस् ...

विश्व इतिहासमा आज के–के भएका थिए ?

चैत्र ६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटनाक्रम यी हुन्ः इराकमाथि हमलासन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अवैधानिक भनेको उक्त सो युद्धमा हजारौँ […]

पुरा पढ्नुहोस् ...

देशभर गर्मी बढ्यो, पछिल्लो समय तापक्रम बढ्दै

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको […]

पुरा पढ्नुहोस् ...

नयाँ वर्षमा पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै

पोखरा। होटल संघ पोखरा नेपालको आयोजनामा १७औं फेवा नववर्ष महोत्सव हुन लागेको छ । यहि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ ।कोभिड–१९ का कारण २ बर्षसम्म स्थगित महोत्सवलाई यसपटक निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था […]

पुरा पढ्नुहोस् ...

स्मार्ट हेल्थ नेपाल एप्लिकेशन सार्वजनिक भए लग्गत्तै, अब ग्याजेटबाटै स्वास्थ्य परामर्पस लिन सकिने

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ ​सञ्चालनमा आएको छ । डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्‍चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन्‌ । यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै स् अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने […]

पुरा पढ्नुहोस् ...

एथ्लेटिकोसँग पराजित हुँदै युनाइटेड अन्तिम १६ बाट बाहिरियो

एजेन्सीएथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २–१ गोलअन्तरले विजयी बन्यो ।पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि […]

पुरा पढ्नुहोस् ...

युक्रेन र रूसबीच चौथो चरणको शान्तिवार्ता सुरू

एजेन्सी । युक्रेन र रूसबीच मंगलबार पुनः शान्ति वार्ता सुरू भएको छ । युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिंकमार्फत आफ्नो छलफलको चौथो चरण सुरु गरेका हुन् । स्थानीय सञ्चारमाध्यम “युक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो । वार्ता सुरू भइसकेको छ,’ अराखामियाले भने । […]

पुरा पढ्नुहोस् ...

साउदीका विदेशमन्त्री काठमाडौँ आइपुगे

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बनि फहरान अल साउद दुईदिने भ्रमणका लागि नेपाल आएका छन् । उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन् । निजि विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचवि भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालयका उच्च अधकिारीहरूले स्वागत […]

पुरा पढ्नुहोस् ...