कोरोनाको कारणले विश्वभर मृत्यु हुनेको संख्या २७ लाख बढी नाघ्यो

International मुख्य समाचार स्वास्थ्य

पोखरा, चैत्र ६ गते । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ लाख बढी नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ ।
संयुक्त राज्य अमेरिका कोरोना भाइरसको कारणले विश्वमा सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय कोरोना संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ रहेको छ । यसमध्ये ८९ हजार १४० जनाको कोरोनाको कारणले गम्भीर अवस्था रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *