नेपालीलाई कोरियामा थप रोजगारी दिनेबारे छलफल
नेपाल र कोरियाबिच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।
नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरियाली विदेश मन्त्रालयमा भएको बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो ।
बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एसिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गर्नुभएको थियो । नेपाल र गणतन्त्र कोरियाबिच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।