वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

मुख्य समाचार स्वास्थ्य

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ। स्रोतका अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ जिमहल, पार्टी प्यालेस, सार्वजनिक यातयातमा जनस्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *