कोरोना संक्रमणबाट पोखरामा २ जनाको मृत्यु

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, चैत्र ३० गते । पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत दुइ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनीहरुको आज सोमबार मृत्यु भएको हो । गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १० का ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । संक्रमित वृद्धमा पौरुष ग्रन्थीको संक्रमण र निमोनिया लगायतका समस्या रहेको उनले बताए ।

त्यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पतालमै उपचाररत तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको समेत मृत्यु भएको डा.शर्माले बताए । मृतक पुरुषमा कडा खालको न्युमोनिया र श्वासमार्गको समस्या रहेको उनले बताए । उनमा चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *