पोखरामा थप १९ जनामा कोरोना संक्रमण
पोखरा, मंसिर ७ गते । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा पोखरामहानगरपालिकाका १२ पुरुष र ७ जना महिला रहेका छन ।
यस्तै तनहुँमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । स्याङ्जाका १ जनालाई पनि संक्रमण पुष्टि भएको छ । उनी ३३ वर्षिय पुरुष रहेका छन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ९ सय ५७ पुगेको छ ।