मुस्ताङसम्म पुग्यो सलह

मुख्य समाचार स्थानिय समाचार

पोखरा, असार १७ । बालीनाशक कीरा सलह गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेता पनि ठूलो क्षति भने भएको छैन । यी किराहरु सानोसानो झुण्ड सबै जिल्ला प्रवेश गरेका थिए । सोमबार साँझ पर्वतको कुश्मामा केही सङ्ख्यामा सलह देखिएको थियो । उक्त झुण्ड कालीगण्डकी नदीको किनारैकिनार मुस्ताङ पुगेका छन् ।
प्रदेशका स्याङ्जा, बागलुङ, नवलपुर, पर्वत, म्याग्दीमा बढी मात्रामा सलह देखिएको स्थानीयले बताएका छन् । ठूलो समूहमा उड्दै सलह गाउँ पसेको छ, तर किसानले तिनलाई बोटमा बस्नै नदिने रणनीतिका साथ अगाडि बढेका छन् । मुस्ताङमा सानो सङ्ख्यामा सलह भित्रिएको छ, यहाँ पाइने फट्याङ्ग्राभन्दा केही भिन्न प्रकारको कीरा भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा सलह पुगेको छ । सलह जिल्लाभर फैलिएपछि किसान बालीनाली जोगाउन खेतबारीमा प्रवेश गरेका छन् । उनीहरूले आगो बाल्ने, थाल ठटाउने, ठूला स्पिकर बजाउने, बाजा बजाउनेलगायत उपाय अपनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *