ने.बि संघ कास्की को प्रथम पदाधिकारी बैठक सम्पन्न

नेपाल स्थानिय समाचार

पोखरा १४, नेपाल बिधार्थी संघ कास्किको प्रथम पदाधिकारी बैठक बिहिबार सम्पन्न भएको छ। ने.बि संघ कास्किका जिल्ला अध्यक्ष बिक्रमआदित्य सिंह गिरिको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारिको उपस्थिती रहेको थियो। संगठनलाई आगामी दिनमा कसरि अघि बढाउने भन्ने संम्बन्धमा बिबिध विषयमा छलफल भएको छ। संगठन बिस्तार एबम सदस्यता बितरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिईएको थियो। यसै बिच बिधालयमा देखिएका अनियमितता र संपुर्ण कास्किका बिद्यार्थीहरुका गुनासाहरुलाई सुनुवाई गर्दै संगठन विस्तार गरिनुपर्ने भनी सचिव भोज बहादुर गुरुङले जानकारि गराएका छन। यसै बिच अध्यक्ष गिरिले जिल्ला कार्यसमितिमा रिक्त रहेका केही पदाधिकारी हरुलाई छिट्टै नै नियुक्त गर्ने जानकारी दिएका छन्। उक्त बैठकमा उपाध्यक्ष पवित्र राज बराल, राजन पोख्रेल , अर्जुन भन्डारी सचिव भोज बहादुर गुरुङ सह–सचिव , बिकास कुँवर ,रोशन पौडेल बिपिन नेपाली ,प्रतीक्षा पौडेल,रमेस गिरि,गोपि तिवारी कोषाध्यक्ष प्रतिभा कँडेल सह–कोषाध्यक्षमा विशाल बस्ताकोटि लगाएतको उपस्तिथि रहेको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरिले संघलाई भावी दिनमा कता लैजाने भन्ने जिम्मा सम्पुर्ण कार्यसमितिको रहेको भन्दै निर्धकका साथ काम गर्नु पर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *