आराधना सेमिनार सम्पन्न

मुख्य समाचार सुसमाचार स्थानिय समाचार

पोखरा । पोखरेली युवा संगतिको आयोजना तथा कोरियन समुहको सहकार्यमा यहि साउन २६ देखि २८ सम्म आराधना सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनार विशेष गरी बाइबल अनुुसारको आराधना कसरी गर्न सकिन्छ तथा परमेश्वरको महिमाको लागि हाम्रा वाद्यवादन तथा आवाजहरुलाई कसरी सुसज्जित गर्दै प्रयोग गर्न सकिन्छ भन्ने कुरामा आधारित थियो । कार्यक्रममा कोरियाबाट आउनुभएका प्रशिक्षकहरुबाट वचन तथा जीवन गवाही र अनुभवबाट उत्साह साथै प्रयोगात्मक कक्षाको रुपमा भोकल, ड्रम, गीतार साथै बेस गितार सिकाइएको थियो । उक्त कक्षाहरुबाट प्रशिक्षार्थीहरुले धेरै असल कुराहरु सिकेको, कतिपय नयाँकुराहरु सिकेको साथै आफु चर्चमा फर्केपछि आराधना समुहलाई अझै सुदृढ पार्ने हौसला मिलेको भनि बताए । कार्यक्रम शालोम ए.जी चर्चमा भएको थियो । कार्यक्रम अवधिमा कोरियन भाषालाई नेपाली भाषामा उल्था तथा विभिन्न कुराको व्यवस्थापनमा सहयोग कोरियन समुह तथा चाउथे चर्चका पाष्टर काजी गुरुङले गर्नुभएको थियो । अन्तिम दिनमा कार्यक्रम समापनको क्रममा बोल्दै पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष पुर्ण बि.कले यस कार्यक्रम निकै फलदायी भएको र आगामी दिनमा अझै यस्ता कार्यक्रमहरु गरी मण्डलीमा आराधनालाई अझै प्रभावकारी बनाउनुपर्छ भन्नभयो । कार्यक्रममा ८९ जना जवानहरुले प्रशिक्षण लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *