लेखनाथ ख्रीष्टिय युथ फेलोसिपको नयाँ कार्यसमिति चयन
लेखनाथ ख्रीष्टिय सोसाइटी अन्तर्गत रहेको लेखनाथ ख्रीष्टिय युवा संगतिको नयाँ कार्य समिति चयन भएको छ । शनिवारका दिन जीवित परमेश्वरको मण्डली लामेआह्ल गगनगौँडामा भएको अधिवेशनबाट आगामी २ बर्षको लागि पुनर्जीवन मण्डलीका जवान डि.श्री हनोक तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ ।
उक्त समितिमा निम्न व्यक्तिहरु तल उल्लेखित जिम्मेवारीमा चयन भएका छन
अध्यक्ष – डि.श्री हनोक तामाङ (पुनर्जीवन मण्डली, बाघमारा)
उपाध्यक्ष – सूश्री प्रमिला पुन (ने.ख्री. तालचोक चर्च)
सचिव – श्री सूर्य देवकोटा (ने.ख्री. तालचोक चर्च)
सह–सचिव – सूश्री एन्जिला पुन (जीवित परमश्वरको मण्डली, लामेआह्ल)
कोषाध्यक्ष – सूश्री मनिषा न्यौपाने (मारानाथा खुदी झुण्ड तल्लो गगनगौँडा)
सह–कोषाध्यक्ष – श्री जेम्स पुन ( जीवित परमश्वरको मण्डली, लामेआह्ल )
सदस्य – श्री आशिष तामाङ
सदस्य – श्री जोशुवा श्रेष्ठ
सदस्य – सूश्री शिला खड्का
सदस्य – डि.श्री साजन राई
सदस्य – सूश्री प्रिति परियार
साथै सल्लाहकारको रुपमा पाष्टर श्री प्रमोद शर्मा, पाष्टर श्री मार्क राई, एल्डर श्री सुबास मल्ल, अगुवा श्री भुवन पुन रहनुुभएको छ । सर्वसम्मतबाट चयन हुनुभएका समितिका पदाधिकारीहरुलाई पाष्टर तथा लेखनाथ ख्रीष्टिय सोसाइटीका अध्यक्ष रामजी आचार्यले प्रतिवद्धता गराउँदै ओहदाको प्रमाणपत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा अगुुवा मुकेश सुनारले वचनबाट उत्साहित गराउनुभएको थियो । साथै कार्यक्रममा विभिन्न मण्डलीका अगुवाहरुले मन्तव्य सहित कार्य समितिका पदाधिकारीहरु सवैलाई शुभकामना व्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष तामाङले अब आफ्नो काँधमा ठूलो जिम्मा आएको र आगामी दिनमा आफ्नो समुहसँग मिलेर आफ्नो जिम्मेवारीमा अघि बढ्दै युथ फेलोसिपलाई अझै अगाडी बढाउने प्रतिबद्धता गर्नुभयो ।