मनाङ्गाग्वा जिम्बाब्वेका नयाँ राष्ट्रपति निर्वाचित
जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमरसन मनाङ्गाग्वा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । मनाङ्गाग्वाले आधाभन्दा बढी मत पाएपछि उनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको हो। तर विपक्षी गठबन्धनले मतपरिणाम स्विकार्न नसकिने बताएको छ । १० प्रदेशको अन्तिम मत परिणाम घोषणा हुँदा जानु पीएफ पार्टीका मनाङ्गाग्वाले करिब ५० प्रतिशत मत हासिल गरेका छन् । विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ प्रतिशत मत पाएका छन् । मतपरिणामप्रति आपत्ती जनाउँदै त्यो गठबन्धनका एक नेताले परिणाम पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । विपक्षीहरूले मतपरिणाम स्विकारर्न नसकिने भन्दै प्रदर्शन गरेपछि ती स्थानमा प्रहरी परिचालन गरिएको थियो ।
राष्ट्रपति निर्वा्चित भएपछि एमरसन मनाङ्गाग्वाले खुसी प्रकट गर्दै मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावमा आफूहरू विभाजित भएपनि जिम्बाब्वेका जनताको “सपना एउटै” भएका बताएका छन् । उनले सबैलाई “हातेमालो गर्न र एक हुन” आग्रह गरेका छन् । बिबिसी