इन्टरनेटको मुल्य नबढ्ने भयो, अब फेरी पुरानै मुल्य कायम हुने

आर्थिक नेपाल मुख्य समाचार समाचार

सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो । साउन १ देखि इन्टवामा १३ प्रतिशत दूरसञ्चारनेट सेर सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो । ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
यसअघि साउन ४ गते अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट व्यान्डविथको मूल्य घटेको तथ्यलाई मध्यनजर गरी लागत विश्लेषण गर्न एक समिति गठन भएको थियो । सो समितिले दिएको सुझावका आधारमा इन्टरनेटको मूल्य नबढाउनेगरी समायोजन हुने भएको हो । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।
‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको छ’ मन्त्रालयका सहसचिव तथा इन्टरनेटको मूल्य समायोजनका लागि बनेको समितिका संयोजक विरेन्द्र मिश्रले भने, ‘बढेको मूल्य हट्यो । सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किनेछ ।’
सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्रा्ष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *