२५ हप्तामै बच्चा, तौल ३ सय ७५
बेला–बेलामा यस्तो आश्चर्य पार्ने खालको घटनाहरु सुन्नलाई पाइन्छ । अहिले सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो । डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।