गजल

लेख / रचना साहित्य

बोइङ चढी उडेको साथी उडेरै आउनु पर्छ
वर्खामा पानी चुहिने छानो हिउँदमै छाउनु पर्छ ।

वृद्ध बाबा आमाले तिम्रो झुलुक्क मुहार हेरी
अन्तिम सास तिम्रै काखमा फेर्न पाउनु पर्छ ।

सुनमाया र फूलमायालाई डाकी गैरी घरमा
ठोकी मादल आफ्नै मौलिक झ्याउरे गाउनु पर्छ ।

बाँझो खेत,बाँझो बारी खनी खोस्री गरे
यहि पाखोमा मोति फल्छ केवल धाउनु पर्छ ।

धेरैको घर बिग्रेको छ सपार्नुछ तिम्रो
घरकी प्यारी भड्किएल माया लाउनु पर्छ।

गाह्रो हुन्छ सपार्न बिग्रिए लाला वाला
होस् गरि समयमै तिनलाई दाउनु पर्छ ।

बोइङ चढी उडेको साथी उडेरै आउनु पर्छ
वर्खामा पानी चुहिने छानो हिउँदमै छाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *