पोखरेली ख्रीष्टिय युवा संगतिको नयाँ कार्यसमिति चयन

मुख्य समाचार सुसमाचार स्थानिय समाचार


पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत रहेको पोखरेली ख्रीष्टिय युवा संगतिको नयाँ कार्य समिति चयन भएको छ । शनिवारका दिन नेपाल ख्रीष्टिय पोखरा चर्च पृथ्वीचोकमा भएको अधिवेशनबाट आगामी २ बर्षको लागि पुनस्र्थापन मण्डलीका जवान अगुवा श्री पुर्ण वि.कको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको छ । उक्त समितिमा निम्न व्यक्तिहरु तल उल्लेखित जिम्मेवारीमा चयन भएका छन –
अध्यक्ष – पुर्ण वि.क (पुनस्र्थापन चर्च)
उपाध्यक्ष – सुवास मसिही (ईम्मानुएल लाईट चर्च)
सचिव – किरण नेपाली (सुसमाचारीय कुँडहर चर्च)
कोषाध्यक्ष – दीपेन गुरुङ (पोखरा अलायन्स चच)
सदस्य – कोपिला खाती (लामाचौर चर्च)
सदस्य – प्रकाश पौडेल (ने.ख्री पोखरा चर्च)
सदस्य – डेभिड श्रीपाली (अर्चलबोट चर्च)
सदस्य – रुवेन शंकर (प्रशंसादीप चर्च)
सदस्य – राम गुरुड्ड (विजय चर्च अमरसिँह)
सदस्य – सोनाम लामा (लामागाउ चर्च)
सदस्य – साजन परियार (ने.ख्री रामघाट चर्च)
सदस्य – लुकास तामाङ (मारानाथा चर्च )
सदस्य – सुरज वि.क (नयाँगाउँ चर्च)


सर्वसम्मतबाट चयन हुनुभएका सदस्यहरुलाई पोखरेली ख्रीष्टिय समुदायका पाष्टर तथा युवा संगतिका सल्लाहकार पा.भविन्द्र रानाले प्रतिवद्धता गराउँदै ओहदाको प्रमाणपत्र समेत प्रदान गर्नुभएको साथै कार्य समितिका पदाधिकारीहरुलाई प्रार्थनाको अगुवाई पनि गर्नुभयो । साथै पोखरेली ख्रीष्टिय समुदायका सल्लाहकार राम रोकाहाले नव निवार्चित पदाधिकारीको निम्ति आशिषको प्रार्थना गर्नुभयो । कार्यक्रममा पोखरेली ख्रीष्टिय दिदीबहिनी प्रार्थना संगतिकी अध्यक्ष तथा युवा संगतिकी सल्लाहकार श्री सरला अधिकारीको बाहुलीबाट निवर्तमान पदाधिकारीहरु सवैलाई कदरपत्र प्रदान गरियोे । कार्यक्रममा निवर्तमान अध्यक्षले विगतको आफ्नो कार्यकालको विषयमा बताउँदै नव गठित कार्य समितिका पदाधिकारीहरु सवैलाई शुभकामना व्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्षले अब आफ्नो काँधमा ठूलो जिम्मा आएको र आगामी दिनमा आफ्नो समुुहसँग मिलेर आफ्नो जिम्मेवारीमा अघि बढ्दै युवा संगतिलाई अझै अगाडी बढाउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा पोखराभरीका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नि–वर्तमान सचिव तथा वर्तमान उपाध्यक्ष सुबास मसिहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *