नयाँगाउँ चर्च कपः अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता

खेलकुद मुख्य समाचार स्थानिय समाचार

लाईट न्युज सम्वाददाता
पोखरा, १५ भदौ २०८० । स्वास्थ्य र प्रतिस्पर्धा, अहमता त्यागी मित्रता भन्ने मुल नाराको साथ नयाँगाउँ चर्च जवान समितिले अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा पुरुष डबल तर्फ नेपाल ख्रीष्टिय रामघाट चर्चका बिनोद बि.क र दिपेस पुनको जोडीले प्रथम उपाधी उचाल्दै नगद रु १४ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे भने, द्वितीय स्थान शालोम ए.जी चर्चका भविन्द्र राना र टिका सुनुवारको जोडीले हासिल गर्दै नगद रु ८ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे । त्यस्तै तृतीय हुने नयाँगाउँ चर्चका अपिल केसी र राजेश जिसीले नगद रु ४ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे ।


त्यसैगरी महिला डबल तर्फ जागृति चर्चकी हाइमाया गर्बुजा र महिमा गर्बुजाको जोडीले प्रथम उपाधी उचाल्दै नगद रु ६ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे । द्वितीय स्थान नयाँगाउँ चर्चकी योग्यता थापा र दिपा तामाङले हासिल गर्दै नगद रु ४ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे । त्यसैगरी नेपाल ख्रीष्टिय रामघाट चर्चकी जिना जलारी र थजिना पुर्जाको जोडीले तेस्रो स्थान हासिल गर्दै नगद रु २ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे ।
भदौ १४ र १५ गते पोखरा रंगशालामा सम्पन्न यस खेलमा पुरुष सिंगलतर्फ खेलाडीहरु बिनोद बि.क, द्वितीय दिपेस पुन र तृतीय पावल तामाङ भए । उनीहरुले क्रमश नगद रु ८ हजार, ५ हजार र ३ हजार साथै, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे । त्यसैगरी महिला सिंगल तर्फ हाइमाया गर्बुजा प्रथम, जिना जलारी द्वितीय र योग्यता थापा तृतीय भए । उनीहरुले क्रमश नगद रु ४ हजार, ३ हजार, २ हजार, ट्रफी, मेडल र प्रमाण प्राप्त गरे ।
प्रतियोगिता विशेष गरेर पाको उमेर समुहको लागि पनि भएकोले भेट्रान्स डबलतर्फ प्रथम अशोक राना र भविन्द्र रानाको जोडी भयो त्यस्तै यम बहादुर मल्ल जेरोम नेपालीको जोडी द्वितीय पुरस्कार प्राप्त गर्न सफल भयो । पाको उमेर समुहको लागि छुट्टै खेल भएतापनि ५० वर्ष माथीका खेलाडीले २५ वर्ष मुनीका खेलाडीहरुसँगै प्रतिष्पर्धा गरेर पुरस्कार जित्नु खेलको रोचक र उदाहरणीय पक्ष रह्यो ।


खेलमा उत्कृष्ट प्रदर्शन गर्ने महिला सिंगल तर्फ नयाँगाउँ चर्चकी दिपा तामाङ, महिला डबल तर्फ जागृति चर्चकी हाइमाया गर्बुजा, पुरुष डबल तर्फ भविन्द्र राना, पुरुष सिंगल तर्फ गिरीप्रसाद गर्वुजाले बेस्ट प्लेयरका उपाधी जिते । त्यस्तै राईजिङ बेस्ट प्लेयरमा महिलातर्फ योग्यता थापा र पुरुष तर्फ अपिल केसीले पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका सभाध्यक्ष, नयाँगाउँ चर्चका पाष्टर ग्रीष्म पराजुली तथा कार्यक्रमका प्रमुख अतिथी कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा पो.म.न.पा वडा नं १५ का वडाध्यक्ष तोरण ब.बानियाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बानियाले खेलकुद र खेलाडी उत्पादनमा चर्चले पुर्याएको योगदान उच्च रहेको बताउनुभयो ।
दुई दिनसम्म चलेको उक्त ब्याडमिन्टन प्रतियोगितामा उद्धघाटन शत्रमा समारोहका अध्यक्ष तथा आयोजक समितिका सल्लाहकार प्रेम गिरी र प्रमुख अतिथी पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा.हरिराम घिमिरेले ब्याडमिन्टन खेल मार्फत कार्यक्रम उद्धघाटन गर्नुभएको थियो । उक्त औपचारिक कार्यक्रममा आयोजक समितिका सल्लाहकार चनमन श्रीमलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन प्रतियोगिताको सचिव प्रभात प्रतिकले गर्नुभएको थियो भने प्रतियोगिताका संयोजक खेम के.सीले खेलमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *