पोखरेली ख्रीष्टिय युवा संगति: नृत्य प्रतियोगिता २०८०

मनाेरञ्जन मुख्य समाचार स्थानिय समाचार

पोखरा, २८ श्रावाण २०८० । पोखरेली ख्रीष्टिय युवा संगतिले वार्षिक योजना अनुसार जवानहरुको प्रतिभालाई प्रष्फुटन साथै उजागर गराउने उद्धेश्यले नृत्य प्रतियोगिता २०८० सम्पन्न गरेको छ । पोखरेली ख्रीष्टिय समुदायका १७ वटा चर्चको सहभागिता रहेको उक्त प्रतियोगितामा मारानाथा चर्च प्रथम, नदीपुर चर्च द्वितिय, बागबजार चर्च तृतीय र जागृति चर्चले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम चर्च मारानाथाले नगद रु १५ हजार, ट्रफी र प्रमाण पत्र, द्वितीयले नगद रु १२ हजार, ट्रफी र प्रमाण पत्र, तृतीयले नगद रु ८ हजार ट्रफी र प्रमाणपत्र र सान्त्वनाले नगद रु ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।


लगातर परिरहेको झरीकोबीच पनि युवाहरुको बाक्लो उपस्थितिले हल भरिएको थियो । मारानाथा चर्च कस्केरीमा आयोजित कार्यक्रममा सोही चर्चका युवाहरुले आराधना अगुवाई गरेपश्चात कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा निर्णायकको भुमिकामा नृत्य तथा संगित प्रशिक्षक दिलीप गायक र माधव गुरुङ साथै नृत्य प्रशिक्षक रिना जलारी पुन हुनुहुन्थ्यो । औपचारिक कार्यक्रमको सन्चालन पोखरेली ख्रीष्टिय युवा संगतिका कोषाध्यक्ष साजन परियारले गर्नुभएको थियो भने प्रतियोगिताको सञ्चालन पोखरेली ख्रीष्टिय युवा संगतिका सदस्य सुरेश तामाङले गर्नुभएको थियो ।


कार्यक्रमकी संयोजक कोपिला खाती क्षेत्रीका कार्यक्रम निकै नै आशिषमय भएको र झरीमा पनि युवाहरुको जोश देख्दा अझै युवाहरुको लागि केही गर्ने प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रमको समापन तथा अन्तिम प्रार्थना पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष सुबास मसिहीले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *