आज दिनभरको मौसम यस्तो छ

नेपाल मुख्य समाचार

जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई/तीन दिन अझै लम्बिनेछ। “तीन/चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले भने, ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।”

मंगलबार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन रचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *